दफा १५
सूचना, विवरण वा कागजात माग्न सक्ने
यस ऐन बमोजिम कुनै अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई अनुमतिपत्र दिनुभन्दा अगाबै त्यस्तो संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्ने अनुमतिपत्र दिने सम्वन्धमा कार्यान्वयन समितिले आवश्यक देखेको सूचना, विवरण वा कागजातहरू त्यस्तो संस्थासित माग गर्न सक्नेछ । यसरी कार्यान्वयन समितिले माग गरेको सूचना, विवरण वा कागजात अविलम्ब पेश गर्नु सम्वन्धित अन्तर्राष्ट्रिय वित्तीय संस्थाको कर्तव्य हुनेछ ।